
सिरहा, मंसिर १३ । सिरहाको धनगढीमाई नगरपालिकाको ढोकामै फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
नगरपालिकाका मेयर हरिनारायण चौधरीको कार्यकक्षको ढोका अगाडि रातो झोलामा पोका पारेर राखिएको अवस्थामा बम विहान फेला परेको थियो ।
बम देखिएको खबर लगत्तै चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।
बम कसले राखेको भन्ने खुल्न सकेको छैन । सीसीटिभीको आधारमा बम राख्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्