६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राज्यमन्त्री रामवीर मानन्धरलाई सम्मान


0
Shares

काठमाडौं, मंसिर १३ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई मानन्धर सनागुखलः न्हूसाः काठमाडौंले सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा सम्मान ग्रहण गर्दै मन्त्री मानन्धरले आफूले पाएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

उनले देश विकासका लागि आफू प्रतिवद्ध रहेको दोहोर्‍याए । राज्यमन्त्री मानन्धरले आफूले पाएको जिम्मेवारी निर्वाह गर्दा कसैलाई पनि विभेद नगर्ने र गैरकानूनी काम पनि नगर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले राज्यमन्त्री मानन्धरलाई शुभकामना दिए ।