
काठमाडौं, साउन १० । टोकियो ओलम्पिकको पदक तालिकामा अहिलेसम्म चार स्वर्ण, एक रजत र तीन कास्य जितेर चीनले अग्रता लिएको छ ।
तीन वटा स्वर्ण पदक र एक रजत जितेको जापान दोस्रो स्थानमा छ भने तेस्रो स्थानको अमेरिकाको दुई स्वर्ण, दुई रजत तथा चार कास्य पदक भएको छ ।
३२ औं ग्रिष्मकालिन ओलम्पिकको दोस्रो दिन आजसम्म १३ देशले स्वर्ण पदक जितेका छन् भने ३४ देशले पदक तालिकामा नाम लेखाएका छन् ।
यसैबीच, आज विभिन्न ९ खेलका १८ स्वर्ण पदकको छिनोफानो हुँदैछ । ओलम्पिकमा पहिलो पटक समावेश गरिएको स्केटबोर्डीङ खेलको पहिलो खेल आज हुँदैछ । यसैगरी आज पौडी, आर्चरी, साईक्लीङ, डाइभिङ, फेन्सीङ, जुडो, सुटिङ, तेक्वान्दो र भारत्तोलन खेलमा स्वर्ण पदकको भिडन्त हुंदैछ ।
प्रतिक्रिया दिनुहोस्