
सर्लाही, साउन १० । सर्लाहीमा रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित छन् ।
यस वर्ष समयमै पानी परेको भए पनि रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका हुन् ।
सर्लाहीमा केन्द्रबाट गत आर्थिक वर्षमा पठाएको मलखाद् बिक्री गरिसकेको र यस वर्षको बिक्री सुरु नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।
कृषकलाई सहज होस भनेर यस वर्षका लागि सर्लाहीले पाउँदै आएको कोटालाई बढाइदिन मन्त्रालयलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
सर्लाहीमा वर्षे धान खेती हुने झण्डै ४६ हजार हेक्टर जग्गामा रोपाइँ हुने र प्रति हेक्टर ९० केजी डिएपी मल रोपाइँको बेला हाल्नु पर्ने कृषि ज्ञान केन्द्र, सर्लाहीका प्रमुख कमल देव प्रसाद कुस्वाहाले जानकारी दिनुभयो ।
धान रोपेको २०–२५ दिनमा प्रति हेक्टर ४५ किलोग्राम युरिया र फुल फुल्ने बेलामा पुन ४५ किलोग्राम हाल्नु पर्ने कुसवाहाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्