
काठमाडौं, साउन १० । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।
पहरोबाट झरेको भीमकाय चट्टानको प्रहारमा परेर हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आउटलुक इन्डियाले जनाएअनुसार साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा परेर हालसम्म ४ जना घाइते भएको खबर छ ।
डीडी न्यूजले हालेको भिडिओमा पहाडबाट विशाल ढुंगाहरु खसेको देख्न सकिन्छ । माथिबाट तेज गतिमा झरेको ढुंगाले लागेर एउटा पुल नै भाँचिएको छ ।
हेर्नुस् भिडियोः
प्रतिक्रिया दिनुहोस्