२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ठाकुर पक्ष सरकारमा सहभागी हुनेमा अझैं टुंगो लागेन


0
Shares

काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ ।

सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन । आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ । ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदैै आएको छ । सोमबार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो ।