९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भक्तपुरमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी, नेकपाबाट खोस्यो क्षेत्र


0
Shares

काठमाडौं, मंसिर १५ । भक्तपुरमा शनिबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका निरज लवजुले भने ५ हजार ८२९ मत पाएका छन् ।

निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

अघिल्लो पटक नेकपाले जितेको यो क्षेत्र यस पटक कांग्रेसले आफ्नो पोल्टामा पारेको छ ।

यसपटक भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए ।

त्यसबेला कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।