
सिन्धुली, साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर नेपालीहरुको शुरता र वीरताको इतिहास जोगाउन युद्ध किल्लाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।
सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको बुधबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयले वीर नेपालीहरुको गौरवगाथाको संरक्षण गर्ने बताउनुभयो ।
४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको युद्ध संग्रहालयमा गोर्खाली सेनाले अंग्रेज सेनालाई परास्त गर्ने क्रममा प्रयोग गरेका हात हतियार, तोप, गोला बारुद र नेपाली कला कौशल झल्कने लोक संस्कृतिका सामग्रीहरु राखिएको छ ।
वि.सं १८२४ असोज १५ गते सिन्धुलीगढीमा भएको युद्धमा गोर्खाली सेनाले किनलकको नेतृत्वमा आएको अंग्रेज सेनालाई परास्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्