८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कास्की २ मा नेकपाकी विद्याको अग्रता झण्डै दोब्बर, कांग्रेसका खेमराज पछ्याउँदै


0
Shares

कास्की, मंसिर १५ । प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई प्रतिष्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा झण्डै दोब्बर मतले अगाडी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी भट्टराईले १३ हजार ७७५ मत ल्याउँदा काँग्रेसका पौडेलले ७ हजार १२० मत पाएका छन् ।

हालसम्म पोखरा महानगरपालिकाको वडा नं १६, १७, २०, २१ र ३३ को  मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा ७१ हजार आठ सय ७१ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको थियो ।