६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपालमा २९ हजार एचआईभी संक्रमित


0
Shares

काठमाडौं, मंसिर १५ । एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका भन्ने नाराका साथ आइतबार ३२ औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ ।

दिवसकै अबसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाले काठमाडौंमा चेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले एचआईभीसंक्रमणको संख्या घटाउन यसमा काम गर्दै आइरहेका संघसंस्थाहरुले अझै प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए ।

महाशाखाका अनुसार सन् २०१८ को अन्त्यसम्म विश्वमा ३ करोड ७९ लाख व्यक्ति एचआईभी संक्रमित रहेकोमा यो संख्या नेपालमा २९ हजार ९ सय ४४ जना रहेका छन् ।

जस मध्ये १७ हजार ७ सय ३२ पुरुष र १२ हजार २ सय १२ जना महिलामा छन् ।