१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अब नेपालमा पनि ओटीटीबाटै फिल्म हेर्न सकिने


0
Shares

काठमाडौं, साउन १३ । नेपालमा पनि ओटीटी डिजिटल माध्यमबाट फिल्म हेर्न सकिने भएको छ ।

कोरोनाका कारण हलहरु बन्द भएपछि डिजिटल वालेट प्रभु पे ले यस्तो सेवा सुरु गरेको जनाएको हो ।

प्रभु पे ले सुविसुसँग सहकार्य गर्दै ओहो मुभिजका माध्यमबाट फिल्म हेर्न सक्ने सुविधा ल्याएको हो । ओहो मुमिजका माध्यमबाट फिल्म हेर्न ओहो मोबाईल एप डाउनलोड गर्नुपर्ने जनाइएको छ ।

लामो समयसम्म पनि चलचित्र क्षेत्र बन्द रहेकाले डिजिटल माध्यममार्फत चलायमान बनाउन प्रयाश गरिएको कम्पनीले जनाएको छ । यसै अवसरमा धुर्मुस सुन्तलीको फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको थियो ।