
डडेल्धुरा, साउन १४ । डडेल्धुराको अलिताल गाउँपालिकाका स्थानीय व्यवसायीक गाईपालनमा आकर्षित भएका छन् ।
कोरोना संक्रमणको त्रासका कारण विदेशबाट घर फर्किएका युवाहरुले जर्सी गाई पाल्न सुरु गरेका हुन् ।
गाउँपालिका र युएनडिपीको सहकार्यमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल नामक संस्थाको आर्थिक सहयोगमा ९० प्रतिशत अनुदान पाएपछि युवाहरु गाई पाल्न आकर्षित भएका हुन् ।
अहिले गाउँपालिकामा ७५ प्रतिशत किसानले गाईपालन गर्दे आएका छन् । सुरुवाती चरणका किसानले दुध बेचेर मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दे आएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्