
सिमकोट, मंसिर १५ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छन् ।
उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार चार सय ५३ मत ल्याएर विजयी भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तारा शाहीले एक हजार तीन सय ८५ मत ल्याएका थिए ।
नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्