१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिरण्यवर्ण महाविहारको पुनर्निर्माण शुरु


0
Shares

ललितपुर, साउन १५ । ललितपुरस्थित विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहार र दिगी छेँ को पुनर्निर्माण शुरू भएको छ ।

बिहीबार क्षमा पूजा गरेर आज देखि पुनर्निर्माणको काम सुरु गरिएको हो । १८ करोड १ लाखको लागतमा उक्त महाविहारको पुनर्निर्माण भारत सरकारको अनुदान सहयोगमा हुन लागेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा रहेको गोल्डेन टेम्पलको नामले प्रसिद्ध महाविहार बौद्घ विहारहरुमध्ये अत्यन्त महत्वपूर्ण विहार मानिन्छ ।

भूकम्पले क्षति पु¥याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनस्र्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने जनाएको थियो । ललितपुरमा सात वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ ।