१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेस्रो लहरबाट बालबालिका जोगाउन १८० भेन्टिलेटर र २५० वटा आईसीयू बेड थप्दै


0
Shares

काठमाडौं, साउन १५ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकाहरुका लागि भेन्टिलेटर सहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरलाई रोक्न र क्षति न्युन गर्न बालबालिकाका लागि १८० भेन्टिलेटर सहितका २५० वटा आईसीयू बेड थप्ने कार्य अगाडि बढाइएको जनाएको हो ।

केही दिन अगाडि नै असोज दोस्रो सातादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु हुनसक्ने भनेको मन्त्रालयले देशभर हाइ डिपेन्डेन्सी युनिट (एचडीयु) बेडहरु पनि विस्तार गरिन लागिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तीमा देशभर थप १ हजार ४ सय एचडीयु बेडहरु विस्तार गर्न लागिएको जनाइएको छ ।