
काठमाडौं, साउन १५ । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच वातावरण संरक्षणका लागि साईकल यात्रा प्रवद्र्धनका लागि सम्झौता भएको छ ।
साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धनका लागि सम्झौता भएको हो ।
साईकल यात्रामा सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिने भएको हो । सो रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई पे रहेको छ ।
प्रतिक्रिया दिनुहोस्