
काठमाडौं, साउन १७ । सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तेजावी सुनको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।
आइतबार चाँदीको मूल्य स्थिर छ । शुक्रबार १ हजार २ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्