
बिराज रोस्यारा
कैलाली, साउन १७ । कैलालीस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने दुई जनालाई गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको छ ।
उनीहरु सबै मोहन्याल गाउँपालिका– ३ रागाँ मलेखाबाट कर्णाली नदी पारी सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप लगाउन हिडेका थिए ।
डुंगा नदीमा डुब्दा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, उर्मिला सलामी मगर र उनको साथमा रहेको १० दिने बालक बेपत्ता भएका हुन ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ वर्षीया धनसरा सलामी मगर र उनको एक महिनाको छोरा कर्ण सलामी गम्भीर घाइते भएको बताइएको छ ।
डुंगामा सवार १० जनामध्ये पाँच जना सकुशल रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले जनाएको छ । स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीको टोली घटनास्थलमा खटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्