
सिन्धुपाल्चोक, साउन १७ । सिन्धुपाल्चोकको मेलम्ची सरोकार समितिले मेलम्ची नगरपालिकाको कार्यालय घेराउ गरेको छ ।
मेलम्चीमा बाढी आएको ४७ दिन भइसक्दासमेत स्थानीय सरकारले चासो नदेखाएकाले आन्दोलन गर्नु परेको सरोकार समितिले जनाएको छ ।
स्थानीय सरकारको उदासिनताले आन्दोलनमा उत्रिनु परेको मेलम्ची पुर्नस्थापना अभियानका अभियन्ता सागर कुमार श्रेष्ठले बताउनुभयो । प्रदर्शनमा मेलम्ची बजारका सबैजसो नागरिकको सहभागिता रहेको थियो ।
असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको थियो । सरोकार समितिले मेलम्ची पुर्नस्थापनाका लागि काम गरिरहेको छ ।
तर शनिवार राती आएको बाढीले काम रोकिएको छ । हिजोको बाढीले बजारबासीमा थप त्रास बढाएको छ । स्थानीयले घेराउ गरिरहँदा नगरपालिकाका जनप्रतिनिधि भने कार्यालयबाट बाहिर निस्किएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्