८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


१३ औं दक्षिण एसियाली खेलकुदः तेक्वान्दोकी सिनाले दिलाइन् आठौं स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म आठ वटा स्वर्ण पदक जितेको छ ।

नेपाललाई आठौं स्वर्ण पदक तेक्वान्दोले दिलाएको हो । तेक्वान्दोकी सिना मादेन लिम्बूले आठौं स्वर्ण दिलाएकी हुन् ।

सिनाले २३ वर्षमुनिको महिला उमेर समूहको स्पर्धामा भारतकी रुपा बयोरलाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् । सिनाले ८.१५ र रुपाले ८.१३ अंक पाएका थिए ।

नेपालले तेक्वान्दोमा अहिलेसम्म तीन स्वर्णपदक जितेको छ । सिनाका साथै कमल श्रेष्ठ र पार्वती गुरुङ्गले पनि स्वर्णपदक दिलाएका छन् ।