७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


समईमाई मन्दिरमा मनोकामना पूरा हुने विश्वास


0
Shares

काठमाडौं, मंसिर १६ । भगवान बुद्धले २९ बर्ष विताएको तिलौराकोट दबार झण्डै ३६ बिगाह क्षेत्रफलमा फैलिएको छ ।

यही दरबारको मुख्य प्रबेशद्वारभन्दा ५० मिटर बायाँतर्फ विशाल रुखको मुनि एउटा मन्दिर रहेको छ । जुन समई माईको नामले प्रख्यात रहेको छ ।

बुद्ध जन्मेपछि समई माईको दर्शन गराएर उनलाई दरबार प्रवेश गराइएको कंबदन्ती रहेको छ ।

समई माईको मन्दिर कहिले निर्माण गरिएको हो भन्ने एकिन आधार नभए पनि इस्वी सम्बत १८९९ मा पीसी मुखर्जीले बनाएको नक्सामा यसलाई समाबेस गरिएको छ ।

पुरानो मन्दिरको जगमा रहेको केही इँटाहरुलाई पुनः गरि मन्दिर बनाइएको छ । यो मन्दिरको विशेषता भनेको यसको प्रांगणमा थुप्रै हात्तिको मूर्तिहरु देख्न सकिन्छ ।

समई माई मन्दिरसँग थुप्रै अनुष्ठान एवं धार्मिक प्रचलन जोडिएका छन् । मन्दिरमा आइ भक्तजनहरु आफ्नो मनोकामना पूरा होस भनेर देबीको पूजा गर्दछन् ।

यहाँ आएर पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मनोकामना पूरा भएपछि भक्तजनले हात्तिको मूर्ति चढाउने गर्दछन् ।

त्यसैगरी भण्डरा वा प्रसाद भनिने आनुष्ठानिक भोज पनि खुवाउने गर्छन । मन्दिर परिसरमा पकाइने प्रसाद सबैभन्दा पहिला देवीलाई चढाइन्छ त्यसपछि परिवार , आफन्त र अन्य भक्तजनहरुलाइ बाँड्ने चलन रहेको छ । यहाँ हरेक बर्षको माघ र फागुनमा मुख्य मेला लाग्ने गर्दछ ।

मेलामा भारतीय भक्तजनको उल्लेख्य घुँइचो लाग्ने गर्दछ । मेलाका क्रममा बालबच्चाहरुको केश मुन्डन गर्ने, पवित्र ग्रन्थ पाठ जस्ता अनुष्ठान हुने गर्दछ ।

मन्दिरको रेखदेख सरसफाइको काम भने स्थानीय भक्तजनहरुले गर्दै आइरहेका छन् ।

भिडियो हेर्नुहोस्