२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जयपृथ्वी राजमार्ग अवरुद्ध


0
Shares

बैतडी, साउन १८ । लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जयपृथ्वी राजमार्गअन्र्तगत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा अवरुद्ध भएको हो ।

सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग सोमबार बिहानदेखि पूर्ण रुपमा बन्द भएको छ । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाउने कार्य भइरहेको बताइएको छ ।