
काठमाडौं, साउन १८ । सोमबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले धनात्मक रही ३ हजार ८५ कायम भएर थामियो । शुरुवाती समयमा तीब्र दरले उकालो लागेर ३१ सय छोएर नेप्से ओरालो लागेको हो ।
कारोबार भने पछिल्ला औसत दिनका तुलनामा केही न्यून, ११ अर्ब हाराहारीमा सिमित रह्यो । यस दिन बढीजसो समूह रातो रहे पनि लघुवित्त र उत्पादनमूलक समूहमा दोहोरो अंकको बृद्धि र वाणिज्य बैंक समूह हरियो रहेसंगै नेप्से सकारात्मक रहेर थामिएको हो । लघुवित्त समूहमा १ सय २४ अंकको बृद्धि आयो ।
उत्पादनमूक समूह ५२ अंकले उकालो लाग्यो । यस दिन बीमा समूहमा ९० अंक हाराहारीको गिरावट आयो । विकास बैंक, होटल तथा पर्यटन, व्यापार र अन्य समूह दोहोरो अंकले ओरालो लागे । यस दिन ८६ कम्पनीको शेयर मूल्य बढ्दा ९३ अंकको मूल्य घट्यो भने ५ कम्पनीको स्थीर रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको २ करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्