१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका विभिन्न स्थानबाट ‘कोकिन’ कारोबारी १० जना पक्राउ


0
Shares

काठमाडौं, साउन १८ । लागू औषध (कोकिन) कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १० जनालाई सोमबार पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले ४ करोड ५३ लाख रुपैयाँ मुल्य बराबरको १ किलो ५ सय १२ ग्राम कोकिन समेत बरामद गरेको छ ।

पक्राउ परेका काठमाडौंको रानिबारीका सुरज गुरुङ्ग, अन्जु थापा मगर, मुना तामाङ्ग गुरुङ्ग, रक्की आलेमगर, रायल थापामगर, भारत गोवा घर भएका सन्दिप पटेल, धादिङ्ग निलकण्ठका मिराज ढकाल, मछिन्द्र धमला र झोछेका सुदन शाक्यलाई पत्रकारमार्फत सार्वजनिक गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौको पकनाजोलस्थित रेष्टुरेण्टमा लागुऔषधको कारोबार हुने सुचनाका आधारमा उक्त रेष्टुरेण्ट्मा छापा मारेको थियो । त्यसक्रममा पक्राउ परेकाहरुबाट लिएको सुचनाका आधारमा अन्य व्यक्ति पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख हृदय थापाले बताउनुभयो ।

ब्राजिलबाट विभिन्न देश हुँदै कोकिन नेपालमा ल्याउने गरेको पाएको प्रहरीले जनाएको छ ।