२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गण्डकीका नयाँ प्रदेश प्रमुख गुरुङद्धारा पदबहाली


0
Shares

पोखरा, साउन १८ । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगी पदबहाली गर्नुभएको छ ।

बदबहाली गरेसँगै उहाँले नेपाली जनताले दशकौदेखि लोकतन्त्रका लागि संघर्ष गरेको भन्दै आफू त्यसको संस्थागत विकास र प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि संघर्षरत व्यक्ति प्रदेश प्रमुख भएको बताउनुभयो ।

सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटिरहेको अवस्थामा प्रदेश प्रमुख गुरुङको उपस्थिति गौरवपूर्ण रहेको उहाँको भनाई थियो ।