
काठमाडौं, साउन १८ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन हप्तासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सत्ताधारी दलका शिर्ष नेताहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो ।
मंगलबारसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बैठकपछि कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी गराउनु भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए । शीर्ष नेताहरुबीच सरकारलाई प्रभावकारी बनाउनेबारे पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्