
काठमाडौं, साउन १८ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यममा आएका समाचारप्रति महासंघले आपत्ति जनाएको छ ।
सर्वोत्तम सिमेन्टको शेयर ढकालका भाई हेमराज ढकालले ढकाल बोर्डको प्रतिनिधि तोकिनु अघिनै खरिद गरेको विषयलाई गलत ढंगले व्याख्या गरिएको भन्दै महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल धितोपत्र बोर्डमा महासंघका तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७ मंसीर ३० गते मात्र बोर्डको प्रतिनिधि तोकेको र उहाँको बोर्ड बैठकमा मिति २०७७ माघ ११ देखिमात्र उपस्थिति रहेको महासंघले जनाएको छ ।
ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मंसीरु १४ मा शेयर कारोबार गरिएको महासंघको दाबी छ । यस्तोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पु¥याउनेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्