
काठमाडौं, साउन १८ । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले पद बहाली गर्नुभएको छ । अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको सोमबार पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिनुभएको छ । मन्त्री शर्माले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न समेत आग्रह गर्नुभयो । आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही उत्साहलाई ममन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड महामारीकै बिच राजश्व संकलनको लक्ष ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी बैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुका साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरु सहित आफूले जिम्मेदारी हस्तान्तरण गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्