
अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ ।
पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अनुसन्धान बढाएको थियो ।
यसै क्रममा २५ तोला चाँदी, ३ थान ल्यापटप, २५ थान मोबाइल, घडी, रिचार्ड कार्डलगायतका सामग्री चोरी गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्