
काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो । मोटरसाइकल हस्तान्तरण गर्दै महाशाखा प्रमुख भट्टराईले आफ्ना सवारीसाधनको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले ५१ जना मोटरसाइकल चोरलाई पक्राउ गरी कारवाही गरेको थियो ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ५५ आर्थिक वर्ष २०७७/०७८ मा ४ सय १८ र साउन महिनामा मात्र ४२ वटा हराएको मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्