२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बाइयो (आदेशसहित)


0
Shares

काठमाडौं । कोरोना (कोभिड १९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्बाइएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् ।