१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थप ३३ सय ८३ संक्रमित, २४ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन १९ । नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले सार्वजनिक गरेको विवरण अनुसार कुल १६ हजार ७ सय १८ जनामा गरिएको परिक्षणमा ३३ सय ८३ जनामा संक्रमण देखिएको हो ।

२४ जना संक्रमितको ज्यान गएको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ सय ९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ । सरकारले अहिलेसम्म १ लाख ९८ हजार ४ सय ५९ व्यक्तिलाई खोप प्रदान गरेको पनि जनाएको छ ।