
काठमाडौं, साउन १९ । फूट वा जुटको निर्णायक चरणमा नेकपा एमाले गुज्रिरहेको बेला वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएका नेता नेपालले बुधबार विहान ११ बजे बस्ने गरी बोलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्मानजनक एकताको पक्षमा उभिनुभएका नेता नेपाल केन्द्रीय कमिटिको बैठकबाट पार्टीलाई मिलाएर जाने वा विभाजन गर्ने विषयमा टुंगो लगाउने बताइएको छ । पछिल्ला केही दिनयता विघटित कार्यदलका सदस्यहरुले एकताका लागि दुई शीर्ष नेताबीच भेटवार्ता गराउने प्रयास जारी राखेकै बेला सार्वजनिक मञ्चबाट शीर्ष नेताले आक्रामक अभिव्यक्ति दिएका थिए ।
त्यसलगत्तै नेपाल पक्षको स्थायी कमिटिले पार्टी विरोधी गतिविधि र अभिव्यक्ति नदिने निर्णय गरेको थियो । नेपाल पक्षले ओली पक्षले पार्टी एकताको प्रयास जारी रहेका बेला एकलौटी रुपमा निर्णयहरु गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको छ । सोमबार मात्रै पनि ओली पक्षले एकलौटी बैठक राखेर विभिन्न विभाग गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्