
काठमाडौं, साउन १९ । मंगलबार पनि शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम हुने क्रम जारी रह्यो ।
उतारचढाव बिच बजार परिसुुचक नेप्से २६ अंकले उकालो लागेर ३ हजार १ सय ११ बिन्दुको उचाइमा पुग्यो । यसदिन कारोबार भएका अधिकाशं समूहमा हरियाली छायो ।
विकास बैंक र सामूहिक लगानी कोष नगन्य अंकले मात्र रातो रहेबाहेक अरु सबै समूह सुधारिए । लघुवित्त समूहमा सबैभन्दा उच्च २ सय २१ अंकको बृद्धि आयो ।
जीवन बीमा समुह पनि १ सय १९ अंकल उकालो लाग्यो । जलविद्युत, उत्पादनमूलक, वित्त र होटल तथा पर्यटन समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन १ सय ३१ कम्पनीको शेयर मुल्य बढ्दा ४७ कम्पनीको घट्यो । ७ को स्थीर रहेयो । यसदिन पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा युनिलिभरका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको २ करोेड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्