
काठमाडौं, साउन १९ । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा महासंघले परिसंघसँग कार्यगत एकताको प्रस्ताव राखेको छ ।
कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र, उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका विषयमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्नेमा जोड दिइएको छ ।
सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण सवैको साझा चासो भएकाले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा महासंघ अध्यक्ष शेखर गोल्छाको जोड थियो । सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुु कुमार अग्रवालले पनि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्