१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक वर्ष २०७७/०७८ मा एक लाख सात हजार घर पुनर्निर्माण


0
Shares

काठमाडौं, साउन १९ । आर्थिक वर्ष २०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् ।

मंगलबार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् ।

त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । यस अवधिमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस्था, १३३ वटा साँस्कृतिक सम्पदा र९ वटा सरकारी भवनहरुको पुनर्निर्माण भएको छ ।

यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ वटा भवनहरुको पनि पुनर्निर्माण सम्पन्न भएको छ । योसँगैप्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएकासुरक्षा निकायका २१६ वटैभवनहरुको पुनर्निर्माणसकिएको छ । कोभिड महामारी लगायतका समस्याका बाबजुद गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको जनाइएको छ ।

निजी आवासतर्फ विनियोजित कूल बजेट रु. २३ अर्ब ८४ करोड ८८ लाखमध्ये रु. २१ अर्ब ५६ करोड ८ लाख रुपैयाँ खर्च भएको छ जुन ९०.४१ प्रतिशत हो । समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७० अर्ब ३५ करोड ८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ खर्च भएको पनि प्राधिकरणले जनाएको छ ।