८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘साग’ पुरुष क्रिकेटमा नेपाल श्रीलंकासित पराजित


0
Shares

अपडेट

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत्को पुरुष क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल श्रीलंकासित पराजित भयो ।

नेपाललाई श्रीलंकाले ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले निर्धारित् २० ओभरको ५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाल एक समय जितनजिक देखिएको थियो । तर, श्रीलंकाका शाम्मु अशानले उत्कृष्ट पारी खेल्दै नेपाललाई निराश बनाए ।

उनले अविजित रहँदै ४४ बलमा सर्वाधिक ७२ रनको योगदान गरे । जसमा ५ छक्का र ४ चौकासमेत सामेल थियो ।

यस्तै, निशान मदुश्काले ४२ बलमा ४६ रन, पथुम निस्सान्का १२ बलमा ३० रन र अशेन भन्डाराले ८ बलमा १४ रन जोडे । श्रीलंकाका दुई खेलाडी दोहोरो अंकको रन नजोडी ‘आउट’ भएका थिए ।

बलिङतर्फ नेपालका पवन सर्राफले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी र सुशन भारीले एक/एक विकेट झारे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ४४ बलमा सर्वाधिक ७२ रन बनाए । जसमा ४ चौका र ३ छक्कासमेत सामेल थियो ।

यस्तै, पवन सरार्फले १३ बलमा २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन, विनोद भण्डारीले २३ बलमा २१ रन, आरिफ शेखले १५ बलमा १९ रन जोडे । पूर्वकप्तान पारस खड्का १ रनमै आउट भएका थिए । करण केसी १ रनमा अविजित रहे ।

नेपालले अब आउँदो बिहीबार भुटानसित खेल्नेछ ।