६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मलेसियामा ३१ हजार कामदारको माग प्रमाणीकरण


0
Shares

काठमाडौं, मंसिर १७ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ ।

दूतावासले गत असोज तेस्रो सातादेखि यही मंसिर १४ गतेसम्मको अवधिमा ३१ हजार दुई सय एक श्रमिक माग भएको नौं सय ६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो ।

नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारी अनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ ।

औद्योगिक क्षेत्रका १७ हजार एक सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार एक सय ८३, कृषि क्षेत्र एक हजार चार सय ७५, ‘प्लान्टेसन’ एक हजार तीन सय ९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ ।

मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको छ । रासस