
मकवानपुर, साउन २० । मकवानपुर प्रहरीले १ सय २७ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा भारतीय ट्रकबाट १ सय २७ किलो गाँजा फेलापारी नियन्त्रण लिएको हो ।
ट्रकपछाडि फल्स बटम बनाई गाँजा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । गाजाँ सहित ट्रक चालक भारतिय नागरिक रामराज सहनी, ट्रकमा सवार राहुल कुमार सहनी, र वीरगञ्ज महानगरका वडा ९ चुर्नी बस्ने रियाजुल अंसारी पक्राउ परेका छन् ।
त्यस्तै, मकवानपुर प्रहरीले हेटौंडाको एक गेष्टहाउसबाट लागुऔषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ सय २५ ट्याब्लेट नाइट्रोभेट बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस्