
कञ्चनपुर, मंसिर १७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले सत्तामा पुग्न राष्ट्रियता माथि सौदाबाजी गरेको आरोप लगाएका छन् ।
कालापानी रक्षाका लागि राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले शुरु गरेको अभियानको समापनमा बोल्दै उनले भारतले नेपाली भूमी माथी अतिक्रमण गर्दा समेत राजनीतिक दलले सत्ताको प्रलोभनका कारण प्रतिवाद नगरेको आरोप लगाए ।
७० वर्ष अघि नै भारतीय सेना नेपाली भूमीमा आएर बसे पनि राजनीतिक दलहरुले हटाउन पहल नगर्दा कालापानी, लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेको उनको छ ।
प्रतिक्रिया दिनुहोस्