२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नक्कली एकाउण्ट बनाएर सामाजिक सञ्जालबाट चीनको प्रशंसा गरेको खुल्यो


0
Shares

एजेन्सी । सामाजिक सञ्जालमा ३५० वटौ सार्वजनिक गरेकोभन्दा बढी नक्कली एकाउण्टको एउटा ठूलो नेटवर्क चीनको प्रशंसा गर्न र चिनियाँ सरकार विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको सेन्टर फर इन्फरमेशन रिजिलीअन्स (सीआईआर) नामक संस्थाले हाल प्रतिवेदनअनुसार ती नक्कली सामाजिक सञ्जाल प्रोफाइलको उद्देश्य पश्चिमा विश्वको विश्वसनीयता खस्काउनु र बाहिरी विश्वमा चीनको प्रभाव तथा छवि बढाउनु रहेको उल्लेख छ ।

उक्त अध्ययन प्रतिवेदनमा ती सामाजिक सञ्जालका नक्कली एकाउण्टले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूको प्रयोग गरेको पाइएको छ । त्यसैगरी अन्य विवादास्पद व्यक्तिलाई पनि त्यस्ता कार्टुनमा सामेल गरिएको छ ।

ती सामाजिक सञ्जालका नक्कली एकाउण्टले चीनका आलोचक निर्वासित चिनियाँ अर्बपति गो वेनगुईसहित अन्यलाई बदनाम गर्न भड्किला कार्टुनहरूलाई फैलाएको पाइएको उल्लेख छ । त्यस्ता व्यक्तिमा सूचना चुहाइदिने भनिएका वैज्ञानिक लि–मेङ याङ् र डोनल्ड ट्रम्पका भूतपूर्व राजनीतिक रणनीतिकार स्टीभ बानन्लगायत छन् । उनीहरू आफैं पनि कोभिड–१९ लगायत विभिन्न विषयमा गलत सूचना प्रवाह गरेको आरोप लागेका व्यक्तिहरू हुन् ।

ट्वीटर, फेसबुक, इन्स्टाग्राम र युट्युबलगायतमा बनाइएका त्यस्ता केही खाताहरूमा आर्टिफिसियल इन्टलिजेन्स (एआई) द्वारा बनाइएका प्रोफाइल तस्बिरहरू राखिएको बताइएको छ । ती सञ्जालहरूले चिनियाँ प्रतिनिधि र राज्यद्वारा सञ्चालित मिडियाकै जस्तो चीन समर्थक भाषालाई अघि बढाएको देखिन्छ ।

उक्त सञ्जालबाट वितरण गरिएका अधिकांश सामग्रीहरू अमेरिका केन्द्रित रहेको बताइएको छ । फेसबुक, ट्वीटर र युट्युबले प्रतिवेदनले औंल्याएका खाताहरू गलत सूचना फैलाएको भन्द गरिएको छ ।