
काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।
संविधानको धारा १ सय ८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
उनीहरुले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
केहि दिन अघि प्रदेश प्रमुखसमक्ष विपक्षि दलका सांसदहरुले आवाहका लागि प्रदेश सभा बैठक आह्वानका लागि ४० सांसदको हस्ताक्षरसहित लिखित निदेशन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्