७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अर्घाखाँचीमा बढ्यो कोरोना संक्रमण


0
Shares

अर्घाखाँची, साउन २१ । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पूर्णकालीन निषेधाज्ञा लगाएको बिहीबार पाँचौ दिन पुग्दा पनि संक्रमण घट्नुको साटो बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाभरमा ३५ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

योसँगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६ सय ८७ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको शितगंगा नगरपालिकामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।