
काठमाडौं, साउन २४ । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो ।
संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा काम गर्नेहरु धेरै क्षेत्रमा हिंड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको बताउनुभयो ।
कोभिड विरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबलटक गर्न तयार रहेको उहाँले बताउनुभयो ।
उहाँले कोभिड विरुद्धको खोप लगाउनको लागि ललितपुर महानगरले गर्नुपर्ने काममा आफू सदैव तत्पर रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्