१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, एकैपटक तोलामा १५ सयले घट्यो


0
Shares

काठमाडौं, साउन २४ । सुनको मूल्य आइतबार एकै पटक तोलामा १५ सय रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सयले घटेर ९० हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि ५ सयले ओरालो लागेर ९१ हजार ५ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि एकै पटक तोलामा २५ रुपैयाँले कमी आएर १२ सय ४० मा कारोबार भैरहेको महासंघले जनाएको छ ।

शुक्रबार १० रुपैयाँले घटेर १२ सय ६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १७ सय ६३ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।