
चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ ।
आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने र निजी तथा सार्वजनिक सवारी साधन जोर विजोर प्रणाली अनुसार मात्रै सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्