
काठमाडौं, साउन २४ । आन्तरिक मूल्यांकनबाट माध्यामिक शिक्षा परीक्षा एसईईको नजिता सार्वजनिक भएको भोलिपल्टै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले असन्तुष्टि पोख्नु भएको छ ।
आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको प्रमाणपत्र पाउने अवस्था आउने उहाँले भन्नुभयो ।
शिक्षकलाई सुधारिएको विषयहरुको तालिम नदिँदा उचित किमिसको मूल्यांकन हुन नसकेको भन्दै उहाँले विद्यार्थीहरुमा पनि नपढेपनि पास हुने भावना जाग्नेतर्फ सचेत गराउनुभयो । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता आइलागेको अध्यक्ष पौडेलले बताउनुभयो ।
आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने भन्दै उहाँले आन्तरिम मूल्यांकनबाट परीक्षा फल प्रकाशन गर्ने पद्धत्तिबारे पुर्नविचार गर्नुृ पर्ने मत राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्