
काठमाडौं, साउन २४ । त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ ।
आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद् बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भएको छ ।
हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू संचालन भइरहेका छन् । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू नगर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिस त्रिविले सुनुवाई नगर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्