१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य मन्त्रालयको सिफारिश अटेर गर्दै त्रिविले सञ्चालन गर्‍यो परीक्षा


0
Shares

दिपेन्द्र अधिकारी
काठमाडौं, साउन २४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अट्टेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा संचालन गरिरहेको छ । यसबाट विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कक्षा संचालन अनलाइनबाट गर्ने विश्वविद्यालयले परीक्षा चाहिँ जोखिम हुन्छ भन्ने जान्दा जान्दै भौतिक उपस्थितिमै गराउने विचित्र शैली अपनाएको छ ।

प्रश्नको उत्तर लेख्ने कि कोरोना संक्रमण होला भनेर डराउने भन्ने दोमनबीच विद्यार्थीहरु परीक्षा दिइरहेका छन् । उच्च शिक्षाको ७० प्रतिशत भार धानेको त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नाताकोत्तर तहको परीक्षा जारी राखेको छ, स्वास्थ्य मन्त्रालयको सिफारिस विपरित । स्नातक प्रथम वर्षमा साँढे २ लाख तथा स्नातकोत्तर तहमा हजारौँ विद्यार्थी परीक्षा दिइरहेका छन् । कक्षा १२ को निर्धारित परीक्षा रोकिए पनि त्रिविले दोहोरो मापदण्ड अपनाउदै परीक्षालाई निरन्तरता दिइरहेको छ । मानौं कोरोना संक्रमण कक्षा १२ का लाईमात्र हुन्छ, विश्वविद्यालयका विद्यार्थीलाई हुँदैन

विद्यार्थीको भविस्य र त्रिविको क्यालेन्डर नविगार्ने भनेर परीक्षा लिएको त्रिवि व्यवस्थापन संकायका डिन डो डिल्लीराज शर्मा बताउनुहुन्छ ।

परीक्षा त भयो । तर परीक्षा केन्द्रहरुमा स्वास्थ्य मापदण्डको पुरै वेवास्ता गरिएको पाइन्छ । शैक्षिक क्यालेण्डार पालना गर्न परीक्षा गर्नु परेको विवशता विश्वविद्यालयका अधिकारीहरुले देखाएका छन् । तर भौतिक परीक्षाको विकल्प नदेख्ने रुढीबादी सोचका कारण शैक्षिक क्यालेण्डर भत्किएको हो । अनलाइन परीक्षा लिइदिएको भए यसरी क्यालेण्डर मिचिने नै थिएन । विद्यालय तहको क्यालेण्डर नमिचिने अनि त्रिभुवन विश्वविद्यालयको मिचिने विडम्बनाको अवस्था आएको छ ।अहिलेको अवस्थालाई हेरेर परीक्षा सञ्चालने गरेको भए विद्यार्थी र अभिभावकको मनोवलमा असर नपर्ने शिक्षाविद् शिवबहादुर भण्डारी बताउनुहुन्छ ।

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम छ । यो बेला वैकल्पिक माध्यमबाट परीक्षा गराउन विश्वविद्यालय तयार हुनु पर्दछ । नत्र अहिले जस्तै विद्यार्थीहरु दुई शैक्षिक सत्रसम्म एकै कक्षामा पढिरहन बाध्य भइरहने छन् ।