१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय


26
Shares

काठमाडौं, साउन २५ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृतका साथै मन्त्रालयका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा भएको बैठकले साउन १ गतेदेखि लागू हुने गरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा २–२ हजारका दरले तलब बृद्धि गरेको थियो ।

यसैगरी बैठकले मन्त्रालयका सचिवहरुको सरुवा गर्दै गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याएको छ ।

रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याल, वैकुण्ठ अर्याललाई सञ्चार मन्त्रालयको सचिव सरुवा गरिएको छ । सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ भने गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।